Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

पूर्वमन्त्री एनपी साउदको जोड – "जातीयता, गुटभन्दा ठुलो हो प्रजातन्त्र, सबैलाई समेटेर लैजानुपर्छ


१५, साउन २०८२
  • 179
    SHARES
  • पूर्वमन्त्री एनपी साउदको जोड – "जातीयता, गुटभन्दा ठुलो हो प्रजातन्त्र, सबैलाई समेटेर लैजानुपर्छ

    महेन्द्रनगर l नेपाली काँग्रेसका पूर्व परराष्ट्रमन्त्री एनपी साउदले पार्टीभित्रको विभाजनको कारण जातीयता, सम्प्रदायिकता, क्षेत्रीयता र गुटबन्दी भएको बताउँदै त्यसको समाधानका लागि सबैलाई समेटेर लैजानुपर्नेमा जोड दिनुभएको छ ।

    बेदकोट नगरपालिका–७ रौटेलास्थित श्री वैजनाथ धाम तथा वृद्धआश्रम सेवा समितिमा आयोजित खिर खुवाउने कार्यक्रमलाई सम्बोधन गर्दै साउदले भन्नुभयो, “हामी किन विभाजित भयौं भन्दा, यसको मुख्य कारण हो पार्टीलाई प्रशिक्षण दिन नसक्नु ।” उहाँले जातीयता, क्षेत्रीयता वा गुटभन्दा ठूलो पार्टीको विचारधारा र प्रजातान्त्रिक मूल्य नै हो भन्ने स्पष्ट पार्नुभयो ।

    साउदले पार्टी कार्यकर्ताहरूलाई गाउँवस्तीमा प्रशिक्षणमार्फत ‘यो पार्टी हाम्रो हो’ भन्ने भावनासहित परिचालन गर्नुपर्ने उल्लेख गर्दै, “प्रशिक्षण प्रभावकारी भए गुटबन्दी, जातीयता, सम्प्रदायिकता जस्ता कुरा समाप्त हुने थिए,” भन्नुभयो ।

    उहाँले विकास निर्माण तथा अन्य कामहरूमा पनि पार्टीको भूमिका देखिने गरी समर्पित भएर काम गर्नुपर्ने सुझाव दिनुभयो । “हामी सबैको साझा जिम्मेवारी हो — आफन्तको मात्र हैन,” साउदले भन्नुभयो, “एक्लैले केही हुँदैन, हातेमालो गरेर जनताको अपेक्षा पुरा गरौँ ।”

    कार्यक्रमपछि साउदले वेदकोट नगरपालिकाभित्रका विभिन्न मठ–मन्दिर, निर्माणाधीन पुल र सडकहरूको अनुगमन गर्नुभएको थियो। स्थानीयसँग भेटघाट गर्दै उहाँले तिनका समस्याहरूको समाधान गर्न प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

    उहाँले जनप्रतिनिधिहरूबीच समन्वय र तालमेल आवश्यक भएको उल्लेख गर्दै कसैको भावना नथिचिने, चित्त नदुखाइने गरि सहकार्यमा अघि बढ्न आग्रह गर्नुभयो ।

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend