Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको बैठक : संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे निर्णय


९, भदौ २०८२
  • 247
    SHARES
  • नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको बैठक : संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे निर्णय

    काठमाडौं । नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागका प्रमुख तथा पार्टी केन्द्रीय सदस्य अब्दुल सत्तारको अध्यक्षतामा आईतबार काठमाडौंमा बसेको विभागीय बैठकले संगठनलाई अझ सुदृढ बनाउन, गतिविधिलाई व्यवस्थित ढंगले अघि बढाउन र आगामी कार्यक्रमहरूको कार्यतालिका निर्धारण गर्न विभिन्न निर्णयहरू गरेको छ । बैठकको जानकारी विभागकी सचिव निर्मला क्षेत्रीले दिनुभयो ।

    बैठकले हालै भाद्र २ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा सम्पन्न शुभेच्छुक संस्थाहरूसँगको अन्तरक्रिया तथा तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रमलाई स्मरण गर्दै, उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि र महामन्त्री गगनकुमार थापा विशिष्ट अतिथि हुनु भएको उल्लेख गर्यो । 

    उहाँहरूको सक्रिय उपस्थिति र सम्बोधनले कार्यक्रमलाई भव्य र सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै बैठकले विशेष कृतज्ञता प्रकट गरेको छ । बैठकले संगठनात्मक विषयलाई प्राथमिकतामा राख्दै, अहिलेसम्म संगठनसम्बन्धी प्रतिवेदन नपठाएका शुभेच्छुक संस्थाहरूसँग पुनः पत्राचार गरी छिट्टै प्रतिवेदन उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको छ । 

    विभागीय गतिविधिलाई देशभर प्रभावकारी बनाउन सातै प्रदेशका शुभेच्छुक संस्था समन्वय विभागसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्ने योजनामा बैठकले जोड दिएको छ ।

    त्यसैगरी, बैठकले प्रदेश स्तरीय कार्यक्रमहरूलाई सफल बनाउन नेपाली कांग्रेस प्रदेश कार्यसमितिसँग आवश्यक सहयोगका लागि औपचारिक अनुरोध गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न अन्तरक्रिया तथा तीज विशेष कार्यक्रममा लागेको खर्चलाई पारदर्शी ढंगले सार्वजनिक गर्ने र उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्ने महानुभावहरूलाई सम्मानपत्रद्वारा सम्मान गर्ने पनि निर्णय बैठकले गरेको छ ।

    बैठकले शुभेच्छुक संस्थाको भूमिकालाई अझ सशक्त र परिणाममुखी बनाउनुपर्ने निष्कर्ष निकाल्दै, आगामी दिनमा पार्टी र समाज दुवै क्षेत्रमा सक्रिय उपस्थिति जनाउने प्रतिवद्धता पनि जाहेर गरेको छ ।

    विभागीय सचिव निर्मला क्षेत्रीका अनुसार, नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागले पारित कार्यतालिका र निर्णयलाई आधार बनाएर सातै प्रदेशमा चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend