Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

ओलीको अहङ्कार र गठबन्धन सरकारको अकर्मण्यताले देश सङ्कटमा : सहमहामन्त्री राठौर


२६, भदौ २०८२
  • 166
    SHARES
  • ओलीको अहङ्कार र गठबन्धन सरकारको अकर्मण्यताले देश सङ्कटमा : सहमहामन्त्री राठौर

    काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अहङ्कार र गठबन्धन सरकारको अकर्मण्यताका कारण देश गम्भीर संकटबाट गुज्रिरहेको बताएका छन्।

    उनले हालै जेनजीले आयोजना गरेको आन्दोलनमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

    राठौरले शान्तिपूर्ण भनिएको आन्दोलनमा अराजकतावादी र विखण्डनवादी तत्त्वको घुसपैठले हिंसात्मक रूप लिएको र यसले हत्या, हिंसा, आगजनी, लुटपाट तथा अराजकतामा परिणत भएकोमा चिन्ता व्यक्त गरे।

    उनले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोध र भ्रष्टाचारविरुद्धको युवा आन्दोलनलाई निहित राजनीतिक स्वार्थ पूरा गर्ने खराब उद्देश्य बोकेका तत्त्वले प्रयोग गरेको आरोप लगाए।

    प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि देशको शासन व्यवस्था र नागरिकको शान्ति सुरक्षाको दायित्व राष्ट्रपति र प्रमुख सुरक्षा संयन्त्रको हुने भए पनि लोकतन्त्रका धरोहर शेरबहादुर देउवा र डा आरजु राणा देउवा लगायतका विशिष्ट व्यक्तिमाथि सुरक्षा निकाय अगाडि नै ज्यानै लिनेगरी आक्रमण र निजी निवासमा आगजनी तथा तोडफोड नियन्त्रण गर्न नसकेको भन्दै राठौरले सुरक्षाकर्मीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाए। उनले कानुन हातमा लिई समाजमा अराजकता मच्चाउने तत्त्वलाई यसले प्रोत्साहन गरेको महसुस भएको बताए।

    देशका तीनै वटा अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका प्रतीक संघीय संसद्, ऐतिहासिक सिंहदरबार, सर्वोच्च, उच्च, विशेष र जिल्ला अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलाई समेत सुरक्षा दिन नसक्नुले सुरक्षा संयन्त्रको क्षमतामाथि गम्भीर प्रश्न उठेको उनको भनाइ छ। जनताको करबाट चलेका विभिन्न सरकारी कार्यालय, सार्वजनिक संस्था, मिडिया हाउस, व्यावसायिक उद्योगहरू ध्वस्त पारिएको र नेपाली कांग्रेससहित विभिन्न दलका कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको घटनाप्रति उनले खेद व्यक्त गरे।

    राठौरले नेपाली कांग्रेसलगायतका लोकतान्त्रिक दल र नेता कार्यकर्तालाई छानाछानी आक्रमणको निशाना बनाइएको, सुरक्षाकर्मीका बख्तरबन्द गाडी र हतियारसमेत दिनदहाडै कब्जामा लिइएका दृश्य सार्वजनिक हुनुलाई गम्भीर सुरक्षा चुनौतीको रूपमा व्याख्या गरे। न्यायालयको आदेशमा कारागारमा रहेका करिब १४ हजार कैदीबन्दी जेल तोडेर भाग्दा पनि सरकारको शून्य उपस्थितिले समाज थप आतङ्कित हुने निश्चित भएको उनले बताए।

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend