Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि गर्‍यो कानुन संशोधनको प्रस्ताव


५, असोज २०८२
  • 237
    SHARES
  • निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि गर्‍यो कानुन संशोधनको प्रस्ताव

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनका लागि सरकारलाई प्रस्ताव गरेको छ ।

    आयोग पदाधिकारीहरुको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद् को बैठकले यो ऐनलाई अध्यादेश मार्फत् संशोधन गर्ने सम्भावना छ ।

    निर्वाचन आयोग सूचना अधिकार सुमन घिमिरेका मतदाता नामावली ऐनको दफा ४ को संशोधन गर्न लागिएको हो । जस अनुसार अब आयोगले चाहेको अवस्थामा मतदाता नामावली खोलाउने सक्ने छ भन्ने प्रावधान राखिने छ ।

    विद्यमान ऐनमा चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ने व्यवस्था छ । यो व्यवस्थाअनुसार अब मतदाता नामावली संकलन गर्न मिल्दैनथ्यो । १८ वर्ष उमेर पुगेका धेरै युवाहरुको नाम छुट्ने भएकाले अहिले पुन मतदाता नामावली संकलन गर्नु पर्ने दबाब थियो ।

    त्यसका लागि सहजीकरण गर्नका लागि नामावली संकलन गर्न लागिएको हो । विदेशमा रहेका नेपालीहरूलाई पनि मतदानमा संलग्न गराउने बारे पनि अहिले बहस सुरु भएको छ । तर उनीहरुलाई कसरी कुन विधिबाट समावेश गर्ने भन्नेबारे पनि आयोगले विज्ञहरुसँग छलफल थालेको छ ।

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend