Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

महावीरको पहिलो घोषणा: ‘मलाई कवाडी वैज्ञानिक मन्त्री भन्नु, बधाई होइन आइडिया दिनु’


६, असोज २०८२
  • 196
    SHARES
  • महावीरको पहिलो घोषणा: ‘मलाई कवाडी वैज्ञानिक मन्त्री भन्नु, बधाई होइन आइडिया दिनु’

    काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन शिक्षामन्त्रीका लागि सिफारिस भएका छन्।

    प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका उनले पहिलो निर्णय भन्दै आफूलाई आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन्। ‘मलाई मन्त्री नभन्नु, कवाडी वैज्ञानिक मन्त्री भन्नु’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्।

    साथै उनले मन्त्री बनेको भन्दै बधाई दिन खादा-माला ल्याउन नआउन आग्रह गरेका छन्। उनले बरु शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने ठोस काम वा आइडिया भए आफूलाई पठाउन आग्रह गरेका छन्।

    आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले लेखेका छन्, “मेरो पहिलो घोषणा – कसैले पनि ‘लौ बधाई छ’ भनेर फोन नगर्नु होला र बधाई दिन खादा–माला लिएर नआउनु होला। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्न पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सटपमा  पठाउनु होला।”

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend