Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्थतन्त्रलाई लयमा फर्काउने प्रयास भइरहेको अर्थमन्त्री महतको भनाई


१६, भदौ २०८०
  • 199
    SHARES
  • अर्थतन्त्रलाई लयमा फर्काउने प्रयास भइरहेको अर्थमन्त्री महतको भनाई

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा फर्काउन आफुले प्रयास गरिरहेको बताउनुभएको छ । 

    नेपाल आर्थिक पत्रकार समाजकोे २५औँ वार्षिक साधारणसभा तथा अधिवेशन कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र लिएर निराश हुनुपर्ने अवस्था नरहेको भन्दै यसलाई लयमा फर्काउन आफुले प्रयास गरिरहेको बताउनुभएको हो ।

    पर्यटन क्षेत्रमा सुधार भइरहेको र विदेशी मुद्राको सन्चित पर्याप्त रहेकाले आर्थिक गतिविधि अगाडि बढाउन देखिएका समस्या समाधान गर्न सरकार लागिरेहेको उहाले बताउनुभयो । अर्थमन्त्री महतले आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जाने भएकाले कुनै दुविधा नराख्न आग्रह गर्नुभयो ।

    उहाँले मुलुकको आर्थिक बिकासका लागि नीजि क्षेत्रको साथ आवश्यक परेको भन्दै नीजि क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको जिकिर गर्नुभयो ।  

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघअध्यक्ष चन्द्र ढकालले सरकारले नीजि क्षेत्रलाई दिएको सुझाव कार्यान्वन गर्न नखोज्दा अहिलेको अवस्था आएको हुनसक्ने बताउनुभयो । मुलुक श्रीलंका जस्तो हुने भन्दै अर्थतन्त्रका नीतिलाई कसिलो पार्न खोज्दा पनि केहि समस्या देखिएको उहाँको भनाइ छ । 

    ढकालले निजी क्षेत्रलाई सरकारले हेर्ने नजर फरक हुदाँ समस्या देखिएकाले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि सरकारले निजिक्षेत्रसँग सहज ढंगले समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । 

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend