Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चाडपर्व नजिकिए सँगै बजार अनुगमनलाई तिब्रता दिइदैँ


२७, भदौ २०८०
  • 139
    SHARES
  • चाडपर्व नजिकिए सँगै बजार अनुगमनलाई तिब्रता दिइदैँ

    उदयपुर । चाडपर्व नजिकिए सँगै उदयपुरमा बजार अनुगमनलाई तिब्रता दिइएको छ । 
     
    बजारमा अखाद्य पद्धार्थको बिक्री वितरण भएको गुनासो आउन थालेपछी जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमनलाई तिब्रता दिएको छ । जिल्लास्थित संयुक्त जिल्ला अनुगमन समितिले सदरमुकाम गाईघाट बजारका पसलहरुमा नियमित अनुगमन शुरु गरेको हो ।

    चाडपर्व सुरु भएसगै व्यापारीले म्याद गुज्रेका बस्तुहरु बिक्री गर्ने, अखाद्य बस्तुको बेचविखन गर्ने, दैनिक उपभोग्य बस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने जस्ता गुनासो आएपछि बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताउनुभयो ।

    टोलीले २७ वटा पसलमा अनुगमन गरेकोमा ८ वटा पसललाई सचेत गराएको र करिब ५० हजार बराबरको अखाद्य पद्धार्थ जफत गरिएको जिल्ला घरेलु कार्यालयका अधिकृत कृष्ण घिमिरेले जानकारी दिनुभयो ।  

    जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा काार्यलय, त्रियुगा नगरपालिकाको कार्यालय, उद्योग बाणिज्य संघ, पत्रकार र प्रहरी सहितको टोलीले गाईघाट बजारका विभिन्न पसलहरुको अनुगमन गरेको छ । 

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend