Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ : उपमेयर डङ्गोल


५, असोज २०८०
  • 177
    SHARES
  • महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ : उपमेयर डङ्गोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न काम भइरहेको बताउनुभएको छ। 

    शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गदै उहाँले यस्तो बताउनुभएको हो । 

    महिलाको सहभागिता मात्र होइन अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने कुरालाई पहिल्यैदेखि उठाउँदै आइरहेको उल्लेख गर्दे उहाँले काठमाडौं महानगर पालिकामा महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेतर्फ आफूहरुले पाइला चालिरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो् ‘काठमाडौं महानगरपालिका महिलाका लागि विशेष महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरामा गम्भीर छ, महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने कुरा पहिल्यैदेखि उठाइँदै आइएको छ । आजं महानगरपालिकाका ३२ वटा वडामै महिला जनप्रतिनिधिले नेतृत्वदायी भूमिका पाइराख्नु भएको छ ।’

    उहाँले देशमा अझै पनि पितृसत्तात्मक समाज नै रहेकाले महिलाले हामी सक्षम छौं भनेर प्रमाणित गर्नु पर्ने अवस्था रहेको बताउनुभयो । उपमेयर डङ्गोलले पार्टीको समृद्ध नेपाल सुखी नेपालीको नारा महिला र पुरुष सँगसँगै एकजुट भएर अगाडि बढे मात्र यथार्थमा बदलिने टिप्पणी गर्नुभयो ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend