Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

साताको शेयर बजार : चार दिनमा सात अर्ब ३६ करोड बढीको कारोबार


६, असोज २०८०
  • 136
    SHARES
  • साताको शेयर बजार : चार दिनमा सात अर्ब ३६ करोड बढीको कारोबार

    काठमाडौँ ।  यो हप्ता शेयर कारोबार मापक नेप्से परिसूचक पहिलो दिन उच्च अङ्कले घटी बाँकी तीन दिन लगातार बढेर बन्द भएको छ । यो साता कूल चार दिनको कारोबारमा रू सात अर्ब ३६ करोड ९५ लाख ११ हजार आठ सय ९३ मूल्य बराबरको धितोपत्र खरिद बिक्री भएको छ ।

    नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार शेयर बजारमा साताकोे कारोबारको पहिलो दिन आइतबार कुल दुई सय ७८ कम्पनीका ५६ लाख ५९ हजार चार सय ५८ कित्ता शेयर रू दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार छ सय १० मूल्य बराबरमा खरिद बिक्री भएको छ । आइतबार नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अङ्कमा आएको थियो ।

    त्यस्तै दोस्रो दिन सोमबार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार नौ सय ६९ दशमलव १८ मा पुगेको थियो । यस दिन विभिन्न कम्पनीका कूल २८ लाख ७४ हजार दुई सय ७५ कित्ता शेयर रू ८७ करोड चार लाख ४४ हजार एक सय ५६ मूल्यमा खरिद बिक्री भएका थियो ।

    कारोबारको तेस्रो दिन भने नेप्से दोहोरो अङ्कले बढेको थियो । यस दिनको अन्तिम कारोबारपछिको अवस्थामा परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको थियो । कूल दुई सय ७२ कम्पनीको ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता शेयर ५० हजार दुई सय ९६ पटक खरिद बिक्री हुँदा रू एक अर्ब १७ करोड ६६ लाख ८० हजार सात सय ५७ बराबरको कारोबार भएको थियो ।

    त्यस्तै यस साताको धितोपत्र कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक उत्साहजनक वृद्धि भएको थियो । यस दिन नेप्से परिसूचक ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ अङ्कमा कायम भएको थियो । यो दिन दुई सय ७८ कम्पनीका एक करोड १२ लाख ६४ हजार तीन सय नौ कित्ता शेयर एक लाख १९ हजार तीन सय ५९ पटक खरिदबिक्री भएको थियो । जसमा रू तीन अर्ब २९ करोड ३९ लाख २१ हजार तीन सय ६८ बराबरको कारोबार भएको थियो । 

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend