Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन : मन्त्री रिजाल


१९, असोज २०८०
  • 179
    SHARES
  • निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन : मन्त्री रिजाल

    ललितपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन भन्ने धारणा राख्नुभएको छ । 

    शङ्खमूलस्थित यल दरबारमा आज आयोजित ललितपुर उद्योग वाणिज्य सङ्घको ४४ औँ वार्षिक साधारणसभामा उहाँले निजी क्षेत्रको सक्रियता भएको देशमा तीव्र आर्थिक विकास भएको धारणा राख्दै सरकार र निजी क्षेत्रले सहकार्य गरेर जानुको विकल्प नरहेको बताउनुभयो । 

    “सामाजिक उत्तरदायित्वमा ललितपुर उद्योग वाणिज्य सङ्घले पुर्‍याएको योगदान र खेलेको भूमिकाको प्रशंसा गर्न चाहान्छु, निजी क्षेत्रको सक्रियता भएको देशमा तीव्र आर्थिक विकास भएको छ, निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन, सरकार र निजी क्षेत्र सहकार्य गरेर जानुको विकल्प छैन”, मन्त्री रिजालले भन्नुभयो । 

    बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले औद्योगिक विकास र हस्तकला क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकारले आवश्यक काम गरिरहेको बताउनुभयो । “हामीले औद्योगिक विकास र हस्तकला क्षेत्रको प्रवद्र्धनका लागि महत्वपूर्ण काम गरिरहेका छौँ, उपभोक्ताको अधिकारका लागि पनि कानुन निर्माणका क्रममा रहेको छ, हाम्रो मन्त्रालय सहकार्य गरेर उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धनमा लाग्ने छ”, प्रदेशमन्त्री चित्रकारले भन्नुभयो । 

    उहाँले निजी क्षेत्रलाई बलियो र लगानीमैत्री बनाउने गरी वातावरण तयार गर्नका लागि प्रदेश सरकार नीतिगत तथा कानुनीरुपमा सहयोग गर्न तत्पर रहेको धारणा राख्नुभयो । 

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाले औद्योगिक नीतिमा भएको दोहोरोपन र अनावश्यक करलाई हटाउनुपर्ने धारणा राख्नुभयो । उहाँले अहिले नेपालको अर्थतन्त्रका बारेमा भएकोभन्दा बढी नकारात्मक प्रचारप्रसारका कारण समस्या बल्झिएको बताउनुभयो । उद्योग व्यवसायीलाई सहज हुने गरी करको दर घटाएर करको दायरा बढाउनुपर्नेमा उहाँको जोड थियोे । 

    उद्योग वाणिज्य महासङ्घका नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले सरकारले व्यवसायीलाई सहजरुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले साना तथा घरेलु कार्यालयले गर्ने तालिम प्रभावकारी नभएको र लगानी खेर गइरहेको उल्लेख गर्दै तालिमका सन्दर्भमा उद्योग वाणिज्य महासङ्घसँग सहकार्य गर्न आग्रह गर्नुभयो । उहाँले अहिलेको ब्याजदर बढी भएको भन्दै उद्योगी व्यवसायी ब्याज तिर्न नसक्ने अवस्थामा रहेको बताउनुभयो । 

    ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योले हाल देखिएको समस्या समाधानका लागि तरलता व्यवस्थापन र ब्याजदरमा स्थायित्व कायम गर्न सरकार र राष्ट्र बैंकले ध्यान दिनुपर्ने बताउनुभयो । 

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend