Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

काँग्रेस लुम्बिनी प्रदेश सम्मेलनमा ७ सय ५० प्रतिनिधि सहभागी हुने


११, मंसिर २०८०
  • 293
    SHARES
  • काँग्रेस लुम्बिनी प्रदेश सम्मेलनमा ७ सय ५० प्रतिनिधि सहभागी हुने

    काठमाडौँ । नेपाली काँग्रेसको बुटवलमा हुने प्रथम प्रदेश सम्मेलनमा ७ सय ५० जना प्रतिनिधि सहभागी हुने भएका छन् । प्रदेश महाधिवेशन प्रतिनिधिबाट सबै, प्रदेशसभा क्षेत्रबाट ९ जनाका दरले ४ सय ६८ प्रतिनिधि सहभागी हुनेछन् ।

    सम्मेलनमा प्रदेश सदस्य १ सय ३ जना, सल्लाहकार १ सय २१ जना, संघीय र क्षेत्रका सभापति २२ जना, जिल्ला सभापति १२ जना, केन्द्रीय सदस्य २१ जना पनि सम्मेलनमा प्रतिनिधिका रूपमा सहभागी हुने प्रदेश सभापति अमरसिंह पुनले बताउनुभयो।

    काँग्रेसले यही मङ्सिर १६ र १७ गते बुटवलमा सम्मेलन गर्दैछ । सम्मेलनको तयारीका बारेमा सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

    सम्मेलनको उद्घाटन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने छ। सम्मेलनमा नेता शेखर कोइराला, उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेता पनि आउने उहाँले बताउनुभयो । काँग्रेसले देश सङ्घीयतामा गएपछि पहिलो पटक प्रदेश सम्मेलन गर्न लागेको हो ।

  • कोहलपुर मेडिकल कलेजमा पुनः सञ्चालनमा आयो आमा सुरक्षा कार्यक्रम, नवजात शिशुको उपचार पनि समेटियो

    बाँके । करिब एक वर्षदेखि रोकिएको आमा सुरक्षा तथा नवजात शिशु कार्यक्रम कोहलपुरस्थित नेपालगन्ज मेडिकल

  • पहिरो हटाएपछि कालीगण्डकी करिडोर पुनः सञ्चालनमा

    गुल्मी । वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध बनेको कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ। करिडोरअन्तर्गत

  • महाकालीमाथिको झोलुङ्गे पुल भाँचियो, दोधारा–भीमदत्त आवागमन अवरुद्ध

    कञ्चनपुर । महाकाली नदीमाथि रहेको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल भाँचिएपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend