Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : १२ वटै जिल्लामा प्रचारात्मक कार्यक्रम गर्दै लुम्बिनी गठबन्धन


२७, पुस २०८०
  • 164
    SHARES
  • राष्ट्रियसभा निर्वाचन : १२ वटै जिल्लामा प्रचारात्मक कार्यक्रम गर्दै लुम्बिनी गठबन्धन

    बुटवल । सत्ता गठबन्धनको लुम्बिनी प्रदेशको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका तर्फबाट लुम्बिनिका २ उम्मेदवारलाई जिताउन नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापति अमरसिंह पुन संयोजकत्वमा “राष्ट्रिय सभा निर्वाचन लुम्बिनी प्रदेश समन्वय समिति- २०८०” गठन गर्ने निर्णय गरेको छ ।

    जसमा सत्ता गठबन्धमा आवद्ध दलका प्रदेश प्रमुखहरु तथा संसदीय दलको नेता सदस्य रहनेछन् । त्यस्तै बैठकले जिल्ला स्तरमा पनि राष्ट्रिय सभा निर्वाचन जिल्ला समन्वय समिति २०८० गठन गर्ने निर्णय गरेको काँग्रेस लुम्बिनीका सभापती अमरसिंह पुनले जानकारी दिनुभयाे ।

    माघ २ गते देखि १० गतेसम्म राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरुलाई भारी मतका साथ विजयी गराउन सम्पुर्ण मतदाताहरुलाई अपिल गर्ने साथै उम्मेद्वार र मतदाता विचमा भेटघाट तथा अर्न्तक्रिया कार्यक्रम गर्ने निर्णय भएको सभापति पुनले बताउनुभयाे ।

    माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा लुम्बिनिमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र  नेपाली कांग्रेसकि विष्णु कुमारी सापकोटा उम्मेद्वार रहेका छन् ।

  • कोहलपुर मेडिकल कलेजमा पुनः सञ्चालनमा आयो आमा सुरक्षा कार्यक्रम, नवजात शिशुको उपचार पनि समेटियो

    बाँके । करिब एक वर्षदेखि रोकिएको आमा सुरक्षा तथा नवजात शिशु कार्यक्रम कोहलपुरस्थित नेपालगन्ज मेडिकल

  • पहिरो हटाएपछि कालीगण्डकी करिडोर पुनः सञ्चालनमा

    गुल्मी । वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध बनेको कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ। करिडोरअन्तर्गत

  • महाकालीमाथिको झोलुङ्गे पुल भाँचियो, दोधारा–भीमदत्त आवागमन अवरुद्ध

    कञ्चनपुर । महाकाली नदीमाथि रहेको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल भाँचिएपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend