Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सिचाई आयोजना निर्माणमा बजेटको कमी हुन दिदैनौँ : मन्त्री बस्नेत


५, माघ २०८०
  • 216
    SHARES
  • सिचाई आयोजना निर्माणमा बजेटको कमी हुन दिदैनौँ : मन्त्री बस्नेत

    काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरवका सिचाई आयोजना निर्माणमा बजेटको कमी हुन नदिने बताउनुभएको छ ।

    शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले बिभिन्न सिचाई आयोजनाहरु लामो समयदेखि निर्माणाधिन रहेको भन्दै उक्त आयोजनाहरुलाई बजेटको कमी हुन नदिने बताउनुभएको हो ।

    सिचाई आयोजना निर्माणलाई निरन्तरता दिइएको र पूर्ण रुपमा सम्पन्न नभएपनि जनताले भने त्यसबाट लाभ लिइरहेको उहाले बताउनुभयो । मन्त्री बस्नेतले राष्ट्रिय गौरवका सिचाई आयोजना निर्माणमा केहि ढिलाई भएकाले समयतोकेरै सम्पन्न गर्नेगरि काम अघि बढेको धारणा राख्नुभयो ।

    त्यस्तै उहाले सुख्खा याममा विधुतको आयात घटाउन उत्पादन बढाउनुपर्ने र जलाशययुक्त आयोजनाहरुमा ध्यान दिनुपर्ने बताउनुभयो । जलाशाययुक्त आयोजनाहरु निर्माण गर्दा लागत महङ्गो हुन जाने र नाफा पनि कम हुने भएकाले त्यस्ता आयोजनामा लगानी आकर्षित गर्न नसकिएको मन्त्री बस्नेतको भनाई छ । 

    समिति सभापति दिल कुमारी रावलले राष्ट्रिय गौरवका आयोजनामा बजेटको कमी हुन नदिने प्रतिवद्धता सरकारबाट आएपनि बजेट अभावको गुनासो आउने गरेकाले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसंग छलफल गर्ने बताउनुभयो । 

     

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend