Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्थतन्त्रको बेथितिलाई थितिमा ल्याउन अझै समय लाग्छ : अर्थमन्त्री महत


२४, माघ २०८०
  • 139
    SHARES
  • अर्थतन्त्रको बेथितिलाई थितिमा ल्याउन अझै समय लाग्छ : अर्थमन्त्री महत

    काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको बेथितिलाई थितिको बाटोमा ल्याउन अझै केही समय लाग्ने बताउनुभएको छ । उहाँले विगतका सरकारहरूले अर्थतन्त्रको अवस्था विपरीत खर्च गरेको र त्यसको असर अहिलेसम्म पनि कायम रहेको दाबी गर्नुभयो ।

    बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को पहिलो वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले सरकारले बिग्रिएको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउने प्रयास गरिरहेको बताउनुभयो ।

    ‘पहिलेदेखि बानी परेको बेथितिलाई थितिको बाटोमा ल्याउन अझै समय लाग्छ । तर कम्तिमा श्रीलङ्का बन्छ भन्ने अवस्थाबाट हामीले माथि उठाएर ल्याएका छौँ,’ उहाँले भन्नुभयो, ‘समग्रमा देशको अर्थतन्त्रमा सुधार हुँदै आएको कुरा तथ्याङ्कले नै देखाइरहेको छ ।’

    अर्थमन्त्री महतले डबल हुन्छ भन्ने सोचेर मान्छेहरूले ऋण लिएर घरजग्गामा धेरै लगानी गर्दा घरजग्गाको व्यापार शिथिल बनेको बताउनुभयो । परिस्थितिको राम्रो आङ्कलन नै नगरी कारोबार गर्दा समस्या आएको उहाँको भनाइ थियो । 

    ‘ऋण लिने र दिने दुवैले स्थितिको मूल्याङ्कन गर्न नसकेको अवस्था देखिएको छ, त्यसैले ऋणीलाई मात्रै होइन, बैङ्कहरूलाई पनि कडाइ गर्नुपर्ने अवस्थाबारे राष्ट्र बैंकसँग समन्वय भएको छ,’ उहाँले भन्नुभयो ।

    उहाँले अहिले ऋण लिएको रकम माफी मिनाहा गर्न सक्ने गरी सरकारको अवस्था नरहेको बताउनुभयो । ‘ऋण लिएपछि जसरी पनि तिर्नु नै पर्छ । खाएपछि तिर्नै पर्छ ।

    यस्तो भ्रममा नपर्नुहोला,’ उहाँले भन्नुभयो, ‘कसै–कसैले तपाईँलाई ठग्न पनि सक्छन् । अहिले ऋण मिनाहा गरिदिन्छु भन्दै मान्छेलाई भड्काउने काम भइरहेको देखेको छु । तर त्यो सम्भावना छैन ।’

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend