Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आयोजनाहरु समयमै सम्पन्न नहुदाँ बाह्य ऋणमा वृद्धि : अर्थमन्त्री डा. महत


२६, माघ २०८०
  • 213
    SHARES
  • आयोजनाहरु समयमै सम्पन्न नहुदाँ बाह्य ऋणमा वृद्धि : अर्थमन्त्री डा. महत

    काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आयोजनाहरु समयमा नै सम्पन्न नहुदाँ बाह्य ऋण बढ्दै गएको बताउनुभएको छ । 

    मेनेजमेन्ट एसोसिएसन अफ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले आयोजनाहरु ठिक ढंगले अघि नबढ्दा बाह्य ऋण बढ्दै गएको बताउनुभएको हो ।

    उहाँले पुँजीगत खर्चलाई अनुशासनमा ल्याउने काम गरेको, बहुबर्षिय ठेक्काको समस्या समाधान गर्ने गरि अघि बढेको जानकारी दिनुभयो । उहाँले उदारका साथ स्रोत र साधनलाई मध्यनजर नगरि सामाजिक सुरक्षाका क्षेत्रमा धेरै प्रतिवद्धता गरेको निश्चित दायित्व ठूलो हुन पुगेको धारणा राख्नुभयो ।

    निश्चित दायित्व बढ्दा आन्तरिक स्रोत र साधनले सम्बोधन गर्न कठिन भएकाले आन्तरिक ऋण बढेको उहाँले बताउनुभयो ।अर्थमन्त्री महतले लगानी क्षेत्रलाई बढाउनका लागि कानूनी सुधार लगायत संरचनात्मक सुधारहरु लगानी सम्मेलन अघि नै गर्ने धारणा राख्नुभयो । 

    उहाँले आगामी जुनको तेश्रो हप्तामा विश्व बैंकको बैठक नेपालमा आयोजना गर्न सहमति जनाएको र अव त्यसको पनि तयारी गरिने जानकारी दिनुभयो । 

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend