Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पेट्रोल, डिजल र मट्टीतेलको मुल्यवृद्धि


४, फागुन २०८०
  • 123
    SHARES
  • पेट्रोल, डिजल र मट्टीतेलको मुल्यवृद्धि

    काठमाण्डौ । सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । गए रातिदेखि नै लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ लिटरमा दुई/दुई रुपैयाँले बढाएको हो ।

    नयाँ मूल्य विभिन्न ठाउँअनुसार फरक हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।

    पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६९ रूपैयाँ ५० पैसा तथा डिजल र मट्टीतेलको भाउ लिटरको १५७ रूपैयाँ ५० पैसा भएको छ ।

    त्यस्तै, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ लिटरको १७१ रूपैयाँ तथा डिजल र मट्टीतेलको भाउ लिटरको १५९ रूपैयाँ पुगेको छ ।

    यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ लिटरको १७२ रूपैयाँ तथा डिजल र मट्टीतेलको लिटरको १६० रूपैयाँ पुुगेको छ ।

    खाना पकाउने ग्यासको भाउ भने यसअघि जस्तै सिलिण्डरको १ हजार ९ सय १० रूपैयाँ नै कायम छ । हवाई इन्धनको भाउ पनि यथावत रहेको निगमले जनाएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend