Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आगामी बजेटको सीमा अठार खर्ब, छ प्रतिशत आर्थिक वृद्धिको अनुमान


७, फागुन २०८०
  • 124
    SHARES
  • आगामी बजेटको सीमा अठार खर्ब, छ प्रतिशत आर्थिक वृद्धिको अनुमान

    काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि १८ खर्ब रुपियाँको सीमा निर्धारण गरेको छ । 

    योजना आयोगका उपाध्यक्ष संयोजक रहने राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवको वार्षिक बजेट र मध्यकालीन खर्च संरचनाको खाका टुङ्गो लगाउँदै आगामी तीन वर्षको खर्च तथा स्रोत निर्धारण गरेको हो । 

    समितिले आव २०८२/८३ २१ खर्ब र आव २०८३/८४ का लागि २४ खर्ब ५५ अर्ब रुपियाँ बजेट सीमा पनि निर्धारण गरेको छ । 

    आगामी आवका लागि निर्धारण गरिएको बजेट सीमा खर्च हुँदा नेपालले छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने समितिको अनुमान छ ।

    त्यस्तै मुद्रास्फीति ५.५ प्रतिशत, राजस्व वृद्धिदर १६.४ प्रतिशत, कुल अर्थतन्त्रको अनुपातमा कुल राजस्वको अनुपात २१.१ प्रतिशत र आन्तरिक ऋण कुल अर्थतन्त्रको तुलनामा ४.४ प्रतिशत रहने अनुमान समितिले गरेको छ । 

    बजेटका लागि समितिले स्रोतको अनुमानसमेत गरेको छ । जस अनुसार नेपाल सरकारले आगामी आवमा १४ खर्ब रुपियाँ राजस्व सङ्कलन गर्ने अनुमान छ ।

    त्यसमध्ये एक खर्ब ५५ अर्ब सङ्घीय विभाज्य कोषबाट प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने छ । बाँडफाँट हुने राजस्व घटाउँदा नेपाल सरकारले परिचालन गर्ने राजस्व १२ खर्ब ४५ अर्ब रुपियाँ मात्र हुने छ ।

    त्यस्तै आगामी आवमा नेपालले दुई खर्ब ६० अर्ब रुपियाँ वैदेशिक सहायता प्राप्त गर्ने अनुमान पनि गरिएको छ ।वैदेशिक सहायता अन्तर्गत ५० अर्ब अनुदान र दुई खर्ब १० अर्ब ऋणको हिस्सा हुने छ । आन्तरिक ऋण भने उक्त आवमा दुई खर्ब ९५ अर्ब रुपियाँ परिचालन हुने अनुमान गरिएको छ । 

    मध्यकालीन खर्च संरचनाको खाका तयार गर्दा आगामी सोह्रौँ योजना कार्यान्वयनलाई जोड दिइएको योजना आयोगले जनाएको छ । आगामी आवदेखि सोह्रौँ योजना कार्यान्वयन हुँदै छ । 

    त्यस्तै सीमा निर्धारण गर्दा नेपाल सरकारको नीति तथा कार्यक्रमको निरन्तरता दिनुपर्ने र राष्ट्रिय प्राथमिकताका कार्यक्रमलाई आधार बनाइएको पनि आयोगले जनाएको छ ।

    चालु आवको मध्यकालीन खर्च संरचना तथा राष्ट्रिय स्रोत अनुमान समितिको प्रतिवेदन, दिगो विकास लक्ष्य प्राप्तिका सूचक र विकासशील राष्ट्रमा स्तरोन्नतिको तयारी तथा अन्य क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई समेत आधार बनाइएको आयोगले उल्लेख गरेको छ । 

    आगामी बजेटको कार्यक्रम र तीन वर्षको खर्च तथा स्रोत निर्धारण गर्दा महालेखा नियन्त्रक कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल राष्ट्र बैङ्कबाट प्राप्त विवरणलाई विश्लेषण गरी तयार गरिएको आयोगले जनाएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend