Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपालको आर्थिक वृद्धि ३ दशमलव ३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण


२०, चैत २०८०
  • 113
    SHARES
  • नेपालको आर्थिक वृद्धि ३ दशमलव ३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

    काठमाण्डाै – विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३ दशमलव ३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

    बैंकले आज आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि गएको वर्षको तुलनामा सुधार हुने देखाएको हो । गएको आर्थिक वर्ष नेपालको वृद्धि १ दशमलव ९ प्रतिशतमात्रै थियो । विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै आउँदो आर्थिक वर्षमा देशको आर्थिक वृद्धि ४ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

    निजी क्षेत्रको लगानी न्यून भए पनि पर्यटन क्षेत्रको पुनरुत्थान र जलविद्युत् निर्यातको बढ्दो गतिले नेपालको वृद्धिलाई सघाउने विश्व बैंकले जनाएको छ । तर भारत, खाडीका देश र मलेसियाजस्ता देशहरूको सुस्त आर्थिक वृद्धिका कारण रेमिट्यान्स र पर्यटन आयमा गिरावट आउन सक्ने जोखिम पनि रहेको विश्व बैंकको निष्कर्ष छ । बैंकले व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।

    विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले आर्थिक वृद्धिदर र गरिबी न्यूनीकरणमा सरकारले पुँजीगत खर्च कार्यान्वयनमा जोड दिनुपर्ने, व्यावसायिक मनोबल बढाउनुपर्ने र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनुपर्ने बताउनुभयो ।

    आउँदो वर्ष दक्षिण एसियाली देशहरूमध्ये सबैभन्दा धेरै भारतको वृद्धिदर साढे सात प्रतिशत हुने अनुमान छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend