Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वैशाखका लागि १३ वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?


३०, चैत २०८०
  • 143
    SHARES
  • वैशाखका लागि १३ वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?

    काठमाडौं । बाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदर अधिकांश बाणिज्य बैंकहरुले मुद्दति निपेक्षको ब्याजदर घटाएका हुन् । केही बैंकहरुले पुरानै ब्याजदरलाई यथावत राखेका छन् ।

    २० वटा बाणिज्य बैंकमध्ये एनएमबी बैंकले ०.९७ प्रतिशत र एभेष्ट बैंकले ०.५० प्रतिशत व्याजदर बढाएका छन् । त्यस्तै हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्स बैंक, कृषि विकास बैंक, नविल बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले पुरानै व्याजदरलाई यथावत राखेका छन् ।

    जसमध्ये हिमालयनको व्याजदर ७ं.५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्सको ७ प्रतिशत, कृषि विकास बैंकको ५.६६६ प्रतिशत, नविल बैंकको ७.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको ७ प्रतिशत व्याजदर रहेको छ ।

    त्यस्तै, सानिमा र प्राइम कमर्सियल बैंकले ०.१५ प्रतिशतले व्याजदर घटाएर ७.१ प्रतिशत व्याजदर कायम गरेका छन् । त्यस्तै, सिटिजन्स बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक र कुमारी बैंकले ०.२५ प्रतिशतले व्याजदर घटाएर क्रमशः ७.५ प्रतिशत, ६.७५ प्रतिशत, ७.२५ प्रतिशत र ७.२६ प्रतिशत व्याजदर कायम गरेका छन् ।

    त्यस्तै, राष्ट्रिय बाणिज्य बैंकले ०.४५ प्रतिशत व्याजदर घटाएर ६.५५ प्रतिशत र नेपाल एसबीआई बैंकले ०.४८ प्रतिशत घटाएर ६.५३ प्रतिशत नयाँ व्याजदर कायम गरेको छ ।

    त्यसैगरी प्रभु बैंक, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले ०.५० प्रतिशतले घटाएर नयाँ व्याजदर क्रमशः ७, ७ प्रतिशत र ७.२५ प्रतिशत कायम गरेका छन् । 

    ग्लोबल आईएमई बैंकले ०.६ प्रतिशतले व्याजदर घटाएर ७ प्रतिशत र एनआईसी एसिया बैंकले ०.७९ घटाएर नयाँ ब्याजदर ७.७५ प्रतिशत कायम गरेका छन् । वैशाख महिनाका लागि बाणिज्य बैंकको औषत व्याजदर ७.०७१ प्रतिशत कायम भएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend