Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वर्षको अन्तिम दिन सुनको भाउमा नयाँ रेकर्ड, तोलाको एक लाख ३९ हजार रुपैयाँ पुग्यो


३०, चैत २०८०
  • 127
    SHARES
  • वर्षको अन्तिम दिन सुनको भाउमा नयाँ रेकर्ड, तोलाको एक लाख ३९ हजार रुपैयाँ पुग्यो

    काठमाण्डाै – वर्ष २०८० को अन्तिम दिन आज सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलामा एक लाख ३६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार रुस र युक्रेनको युद्ध, डलरको भाउ उकालो लाग्नुलगायतका कारणले सुनको भाउले पनि कीर्तिमानी बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर मूल्य निर्धारण हुँदै आएको छ । त्यसमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ ।

    त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ५० रुपैयाँ बढेको छ । हिजो तोलाको एक हजार सात सय रुपैयाँ रहेको चाँदी आज तोलामा एक हजार सात सय ५० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    अघिल्लो वर्ष चैत मसान्तका दिन सुनको भाउ तोलाको एक लाख १० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend