Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्थतन्त्रमा सुधार आउने आधार तयार भएको छ : गभर्नर अधिकारी


१४, वैशाख २०८१
  • 159
    SHARES
  • अर्थतन्त्रमा सुधार आउने आधार तयार भएको छ : गभर्नर अधिकारी

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आएको बताएका छन ।

    नेपाल राष्ट्र बैंक स्थापनाको ६९ औँ वार्षिक उत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले शोधनान्तर बचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै समेत बताए । यसबाट आर्थिक गतिविधिमा क्रमिक सुधार हुने अपेक्षा रहेको उनले बताए ।

    आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित भई निष्क्रिय कर्जा अनुपात बढ्दै गएको गएको भएपनि बैंकिङ प्रणालीमा तरलता सहज भएको र कर्जाका ब्याजदरसमेत क्रमशः घट्दै गएको सन्दर्भमा आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने अपेक्षा रहेको उनले बताए ।

    उनले समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहे तापनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज राख्न, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न बैंक सफल रहेको बताए ।

    उनले विपे्रषण आप्रवाह उल्लखेय बढेको तथा आयात घटकोले चालु खाता एवम् शोधनान्तर बचत कायम भई तरलता व्यवस्थापन गर्न र ब्याजदरमा परेको चाप कम गर्न सहयोग पुगेको जानकारी दिए । उपलब्ध तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउन आधार सिर्जना भएको उनले बताए ।

    बैंक तथा वित्तीय संस्थाहरूलाई एक आपसमा गाभ्न/गाभिन प्रोत्साहन गर्ने बैंकको नीतिगत व्यवस्थालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको उनले बताए । कार्यक्रममा रेमिट्यान्स भित्राउने  ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र नेपाल एसबीआई बैंकलाई सम्मान गरेको थियो । 

     

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend