Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शेयर कारोबार गर्दा ब्रोकर कम्पनीले लिने कमिसन १० प्रतिशतले घट्याे


२४, वैशाख २०८१
  • 201
    SHARES
  • शेयर कारोबार गर्दा ब्रोकर कम्पनीले लिने कमिसन १० प्रतिशतले घट्याे

    काठमाण्डाै – सरकारले शेयर कारोबार गर्दा ब्रोकर कम्पनीले लिने कमिसन घटाएको छ । नेपाल धितोपत्र बोर्डको प्रस्तावअनुसार आउँदो जेठ १ गतेदेखि लागू हुनेगरी अर्थ मन्त्रालयले कमिसन घटाउन सहमति दिएको हो ।

    नयाँ व्यवस्थाअनुसार जेठ १ गतेदेखि ब्रोकरले शेयर कारोबारीसँग लिने शुल्क अहिले कायम रहेको दर भन्दा १० प्रतिशत कम हुनेछ ।

    गएको कात्तिकमै धितोपत्र बोर्डको सञ्चालक समितिले ब्रोकर कमिसन घटाउने गरी नियमावली संशोधन गर्ने निर्णय गरेको थियो तर अर्थ मन्त्रालयको सहमति पाउन सकेको थिएन ।

    अब अधिकतम ब्रोकर कमिसन कारोबार रकमको शून्य दशमलव ३६ प्रतिशत कायम हुनेछ । अब ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा शून्य दशमलव ३३ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३१ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा शून्य दशमलव २७ प्रतिशत र १ करोडमाथि जतिसुकैको कारोबारमा शून्य दशमलव २४ प्रतिशत कायम हुने बोर्डले जनाएका छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend