Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अन्तिम मिनेटमा बढ्यो सेयर बजार, माइक्रोफाइनान्समा आकर्षण


२५, वैशाख २०८१
  • 256
    SHARES
  • अन्तिम मिनेटमा बढ्यो सेयर बजार, माइक्रोफाइनान्समा आकर्षण

    काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से अन्तिम एक मिनेटमा बढेको छ । २ : ५९ बजे १९५८ मा रहेको नेप्से अन्तिम १ मिनेटमा २ अंक बढेसँगै बजार बन्द भयो ।

    हिजो १९५८ मा रहेको नेप्से आज १९६० अंकमा रह्यो । यद्यपि दिउँसो उतारचढावका क्रममा नेप्से १९७० अंकसम्म पुगेको थियो ।

    १२० कम्पनीको मूल्य बढ्दा ११४ को घट्यो भने ११ को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन २ अर्ब ८९ करोडको कारोबार भएकोमा आज २ अर्ब १४ करोडमा खुम्चियो ।

    समूहगत रुपमा हेर्दा माइक्रोफाइनान्समा आकर्षण देखियो । सो समूह २.४३ प्रतिशत बढ्यो । व्यापार र फाइनान्स समूह १ प्रतिशत घटे ।

    अंकका आधारमा माइक्रोफाइनान्स १००, विकास बैंक १२ र अन्य समूह ११ ले बढे । बैंकिङ ०.८६, फाइनान्स २१, होटल २, हाइड्रोपावर १०, जीवन बीमा ३०, उत्पादन ३५, निर्जीवन बीमा ०.३ र ब्यापार समूह २९ अंक घटे ।

    हिमालयन लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । इनिफिनिटी लघुवित्तको ८.४, समताको ७.४, सबैको लघुवित्तको ७, आरम्भ चौतारीको ६.५ तथा साधुना लघुवित्तको ६.१ प्रतिशत मूल्य बढ्यो ।

    त्यस्तै बोटलर्स नेपाल तराइको मूल्य सबैभन्दा धेरै ६.२ प्रतिशत घट्यो । सीवाईसी लघुवित्तको ५.९, माउन्टेन हाइड्रो नेपालको ५.८, दोल्ती पावरको ५.१२ तथा नेपाल फाइनान्सको मूल्य ३.८५ प्रतिशत घट्यो ।

    कारोबार रकमका आधारमा पोखरा फाइनान्स, आरएसडीसी लघुवित्त, हिमालयन लघुवित्त, हिमालयन रिइन्स्योरेन्स र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend