Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

७८ खर्ब ८१ अर्ब ६० करोडको लेखापरीक्षण गर्दा ९५ अर्ब ६० करोड बेरुजु (पूर्णपाठ)


१३, जेठ २०८१
  • 218
    SHARES
  • ७८ खर्ब ८१ अर्ब ६० करोडको लेखापरीक्षण गर्दा ९५ अर्ब ६० करोड बेरुजु (पूर्णपाठ)

    काठमाडौं । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्दा ९५ अर्ब ६० करोड रुपैयाँ बेरुजु निकालेको छ । महालेखाले आइतबार आफ्नो ६१औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

    संघीय तथा प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अरू संस्था समेतको ७८ खर्ब ८१ अर्ब ६० करोड रुपैयाँको लेखापरीक्षण गरिएको प्रतिवेदनमा जनाइएको छ । सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तह समेतको लेखापरीक्षणबाट ९५ अर्ब ६० करोड रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

    त्यसमध्ये तीन हजार २७७ संघीय सरकारी निकाय तथा कार्यालयको २४ खर्ब ६१ अर्ब ११ करोड रुपैयाँको लेखापरीक्षणबाट ४६ अर्ब ५४ करोड रुपैयाँ (१.८९ प्रतिशत) बेरुजु निस्किएको छ ।

    प्रदेशतर्फ एक हजार २७० निकाय तथा कार्यालयको तीन खर्ब २३ अर्ब ३४ करोड रुपैयाँको लेखापरीक्षण गर्दा ६ अर्ब ५७ करोड रुपैयाँ (२.०३ प्रतिशत) बेरुजु निस्किएको छ ।

    यस्तै, २१७ समिति तथा अरू संस्थाको दुई खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँको लेखापरीक्षणबाट दुई अर्ब ३३ करोड (०.७८ प्रतिशत) र ७४८ स्थानीय तह (बक्यौता दुई समेत)को ११ खर्ब ३९ अर्ब १९ करोडको लेखापरीक्षणबाट ३१ अर्ब एक करोड रुपैयाँ (२.७२ प्रतिशत) बेरुजु कायम भएको प्रतिवेदनमा जनाइएको छ ।

    यस्तै, ९३ सार्वजनिक संस्थाको ३६ खर्ब ६१ अर्ब ११ करोडको लेखापरीक्षणबाट नौ अर्ब १५ करोड (०.२५ प्रतिशत) बेरुजु कायम भएको छ ।

    यसबाहेक संगठित संस्थाको लेखापरीक्षक नियुक्तिका निम्ति परामर्श उपलब्ध गराइएका ४२ संस्थाको १४ खर्ब ८८ अर्ब ५६ करोडको लेखापरीक्षण गरिएको थियो । परामर्श उपलब्ध गराइएका संगठित संस्था समेत ९३ खर्ब ७० अर्ब १६ करोडको लेखापरीक्षण गरिएको छ ।

    गत वर्षसम्मको बाँकी बेरुजु पाँच खर्ब ८७ अर्ब ३४ करोड रुपैयाँमा फर्छ्योट तथा समायोजन गरिएको अंक १३ अर्ब आठ करोड घटाई यो वर्ष थप भएको ९५ अर्ब ६० करोड समेत ६ खर्ब ६९ अर्ब ८६ करोड रुपैयाँ बाँकी रहेको छ ।

    लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष २२ अर्ब १७ करोड असुल भएको छ । अद्यावधिक कारबाही गरी टुंगो लगाउनुपर्ने रकम गत वर्षसम्म तीन खर्ब ७२ अर्ब ४५ करोड थियो । यो वर्ष पाँच खर्ब १३ अर्ब ४० करोड पुगेको छ । म्याद ननाघेको पेस्कीलाई लगती बेरुजु कायम नगरिएकाले बेरुजु अंग र प्रतिशत घटेको देखिन्छ ।

    प्रतिवेदनको पूर्णपाठ पढ्नोस्–

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend