Logo

Oct 05 2026 | २०८३, असोज १९गते

लोकप्रिय

लोकप्रिय

रुपन्देही–३ मा सुशील गुरुङको मजबुत दाबी : अनुभव, संगठन र जनविश्वासले जिततर्फ अग्रसर


११, माघ २०८२
  • 149
    SHARES
  • रुपन्देही–३ मा सुशील गुरुङको मजबुत दाबी : अनुभव, संगठन र जनविश्वासले जिततर्फ अग्रसर

    बुटवल । नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सुशील गुरुङ निर्वाचन प्रतिस्पर्धामा केवल उम्मेदवारका रूपमा होइन, जितका प्रबल दाबेदारका रूपमा उभिएका छन् । तीन दशकभन्दा लामो राजनीतिक संघर्ष, संगठन निर्माणको अनुभव र निरन्तर सामाजिक सेवाले उनको उम्मेदवारीलाई मतदातामाझ भरोसायोग्य बनाएको छ ।

    २०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका गुरुङ २०५४ मा भैरहवा बहुमुखी क्याम्पस इकाइ अध्यक्ष बनेपछि विद्यार्थी राजनीतिमा स्थापित भए । स्ववियु उपसaभापति, सभापति हुँदै स्ववियु परिषद् केन्द्रीय समितिको सह–सचिवसम्म पुग्दा उनले नेतृत्व क्षमता, संगठन विस्तार र नीति निर्माणमा आफूलाई प्रमाणित गरिसकेका छन् । २०६१ मा नेविसंघ रुपन्देही अध्यक्ष बनेका गुरुङ २०६२/०६३ को दोस्रो जनआन्दोलनमा अग्रपंक्तिमा रहेर लोकतन्त्र पुनःस्थापनाको संघर्षमा सक्रिय भूमिका निर्वाह गरे ।

    लोकतन्त्रका लागि सडकदेखि संगठनसम्मको उनको योगदान आज पनि कार्यकर्तामाझ प्रेरणाको स्रोत बनेको छ । पार्टी राजनीतिमा पनि उनको निरन्तरता र विश्वासिलो नेतृत्व स्पष्ट देखिन्छ । नेपाली कांग्रेसको १२औँ र १३औँ महाधिवेशनबाट क्षेत्रीय सचिव तथा १४औँ महाधिवेशनबाट क्षेत्रीय सभापति निर्वाचित गुरुङले संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र जनसम्पर्क विस्तारलाई प्राथमिकता दिँदै कांग्रेसलाई रुपन्देही–३ मा मजबुत बनाएका छन् ।

    राजनीतिसँगै सामाजिक सेवामा उनको योगदान झनै प्रभावशाली छ । रेडक्रस, रक्त सञ्चार सेवा, जेसीआई र लायन्स क्लबमार्फत आपतकालीन सेवा, रक्तदान अभियान, युवा नेतृत्व विकास र सामुदायिक सेवामा उनले देखाएको सक्रियता स्थानीयस्तरमै अनुभूत गरिएको छ । शिक्षा क्षेत्रमा विद्यालय व्यवस्थापन समिति र नगरपालिका शिक्षा समितिमा रहेर उनले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा खेलेको भूमिका उल्लेखनीय मानिन्छ ।

    दीर्घ अनुभव, संगठनात्मक क्षमता र सेवाभावको बलियो संगम बोकेका सुशील गुरुङ विकास, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकतामा राख्ने इमानदार र परिणाममुखी नेताका रूपमा स्थापित छन् । यही कारण कांग्रेस कार्यकर्तामात्र होइन, आम मतदातामाझ पनि उनको उम्मेदवारीप्रति बढ्दो विश्वास देखिएको छ ।

    स्थानीय तहमा गहिरो पकड, संगठनको एकढिक्का समर्थन र जनतासँगको प्रत्यक्ष सम्बन्धका कारण रुपन्देही–३ मा सुशील गुरुङको जित लगभग सुनिश्चितजस्तै देखिन थालेको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ । यसपटकको निर्वाचनमा रुपन्देही–३ ले अनुभव, निष्ठा र परिणाम दिन सक्ने नेतृत्व रोज्ने संकेत स्पष्ट देखिन थालेको छ ।

  • प्रचण्डको सन्देश : गगन थापाले देशको नेतृत्व गर्ने समय आयो

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति

  • यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि बढ्छौँ : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनसँगै कांग्रेस नयाँ राजनीतिक यात्रामा प्रवेश गरेको

  • भट्टराईको कठोर टिप्पणी : ‘जनताको असन्तोषलाई विदेशी षड्यन्त्र भन्दै पन्छाउन मिल्दैन’

    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा आर्थिक समृद्धि हासिल हुन नसक्नु र नागरिक तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend