Logo

Oct 05 2026 | २०८३, असोज १९गते

लोकप्रिय

लोकप्रिय

प्रचण्डको सन्देश : गगन थापाले देशको नेतृत्व गर्ने समय आयो


१८, असोज २०८३
  • 51
    SHARES
  • प्रचण्डको सन्देश : गगन थापाले देशको नेतृत्व गर्ने समय आयो

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले अब देशको नेतृत्व गर्ने समय आएको बताएका छन्।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले थापाको काँधमा पार्टीसँगै मुलुकको नेतृत्व गर्ने ठूलो जिम्मेवारी आएको बताए। आफ्नो नेतृत्वको मन्त्रिपरिषद्मा थापा स्वास्थ्य मन्त्रीका रूपमा काम गरेको स्मरण गर्दै उनले त्यतिबेलै थापालाई भविष्यमा देशको नेतृत्व गर्ने समय आउन सक्ने बताएको उल्लेख गरे।

    “मैले त्यतिबेलै भन्थेँ– तपाईंले यो देशको नेतृत्व गर्ने बेला आउन सक्छ। आज त्यो समय आएको देख्छु, निकै ठूलो जिम्मेवारी उहाँको काँधमा आएको छ,” प्रचण्डले भने।

    प्रचण्डले कांग्रेस सभापति थापालाई पार्टीभित्रका सबै पक्षलाई समेटेर अघि बढ्न सुझावसमेत दिए। पार्टीको नेतृत्वमा आएपछि फरक विचार र समूहलाई समेत साथ लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

    सम्बोधनका क्रममा प्रचण्डले आफूलाई ‘नयाँ’ र परिवर्तनको पक्षधर बताउने राजनीतिक शक्तिहरूबाट पुराना तथा अनुभवी नेताहरूलाई अपमान गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरे। नयाँ पुस्ताको ऊर्जा आवश्यक भए पनि अग्रजहरूको अनुभव र योगदानलाई बेवास्ता गर्न नहुने उनले बताए।

    गगन थापालाई पनि पुराना पुस्ताप्रति सम्मान कायम राख्दै अनुभव र नयाँ ऊर्जालाई जोडेर अघि बढ्न प्रचण्डले आग्रह गरे। मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि नयाँ नेतृत्वले सबै पुस्तालाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

     
     
     

  • यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि बढ्छौँ : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनसँगै कांग्रेस नयाँ राजनीतिक यात्रामा प्रवेश गरेको

  • भट्टराईको कठोर टिप्पणी : ‘जनताको असन्तोषलाई विदेशी षड्यन्त्र भन्दै पन्छाउन मिल्दैन’

    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा आर्थिक समृद्धि हासिल हुन नसक्नु र नागरिक तथा

  • पोखरेलको आह्वान : ‘कांग्रेससँग फेरि मिलेर लोकतन्त्रको रक्षा गरौँ, देशको मुहार फेरौँ’

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग सहकार्य गरेर लोकतन्त्रको रक्षा गर्दै मुलुकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend