Logo

Oct 05 2026 | २०८३, असोज १९गते

लोकप्रिय

लोकप्रिय

यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि बढ्छौँ : विश्वप्रकाश शर्मा


१८, असोज २०८३
  • 46
    SHARES
  • यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि बढ्छौँ : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनसँगै कांग्रेस नयाँ राजनीतिक यात्रामा प्रवेश गरेको बताएका छन्। उनले महाधिवेशनपछि पार्टीलाई थप बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावना समेट्ने संगठनका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

    महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले करिब आठ दशकको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका विभिन्न संकटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे। बीपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले हासिल गरेको लोकतान्त्रिक विरासतलाई नयाँ पुस्तासँग जोड्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो।

    फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै शर्माले राष्ट्रिय हितका विषयमा सरकारसँग आवश्यक सहकार्य गर्न कांग्रेस तयार रहेको बताए। देशका महत्वपूर्ण मुद्दामा राजनीतिक दलहरूबीच सहमति र सहकार्य आवश्यक रहेको उनले जोड दिए।

    शर्माले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असर, मधेस आन्दोलनले उठाएका सवाल तथा जेनेजी पुस्ताले उठाएका मागलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए। देशभित्र र विदेशमा रहेका नेपालीलाई जोड्ने नीति आवश्यक रहेको भन्दै उनले विदेशमा रहेका नेपालीको नागरिकता, लगानी र अधिकारका विषयलाई सम्बोधन गर्नुपर्ने धारणा राखे।

    ‘नेपाल दुई वटा छ– नेपाल बाहिरको र नेपालभित्रको नेपाल। यी दुवै नेपाललाई जोड्नुपर्छ,’ शर्माले भने, ‘विदेशमा रहेका नेपाली नेपालको विकासमा लगानी गर्न चाहन्छन्। उनीहरूको भावना र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न कांग्रेस तयार छ।’

    सामाजिक सञ्जालमा बढ्दै गएको राजनीतिक तथा सामाजिक आक्रोशप्रति संकेत गर्दै शर्माले अहिले नेपाली समाजलाई विभाजनभन्दा संवाद, सद्भाव र एकताको आवश्यकता रहेको बताए। भूगोल मात्र नभई नेपालीको मनलाई समेत जोड्नुपर्ने उनको भनाइ थियो।

    विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै शर्माले महाधिवेशनमा लोकतान्त्रिक आन्दोलनका अग्रजदेखि सहिद परिवार र जेनेजी पुस्तासम्मको सहभागिता रहेको बताए। करिब ३५ हजार प्रतिनिधिमध्ये ठूलो संख्या युवाको रहेको उल्लेख गर्दै उनले यसलाई कांग्रेसको नयाँ ऊर्जा भएको बताए।

    ‘यो यात्राको सुरुवात हो। महाधिवेशनपछि बलियो कांग्रेससहित अगाडि आउने छौँ,’ शर्माले भने।

    परम्पराको सम्मान गर्दै नयाँ दृष्टिकोण, ऊर्जा र पुस्तान्तरणलाई आत्मसात् गरेर कांग्रेस अघि बढ्ने शर्माले बताए। महाधिवेशनले पार्टीलाई संगठनात्मक रूपमा थप सुदृढ बनाउँदै मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने आधार तयार गर्ने उनको दाबी छ।

     
     
     

  • प्रचण्डको सन्देश : गगन थापाले देशको नेतृत्व गर्ने समय आयो

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति

  • भट्टराईको कठोर टिप्पणी : ‘जनताको असन्तोषलाई विदेशी षड्यन्त्र भन्दै पन्छाउन मिल्दैन’

    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा आर्थिक समृद्धि हासिल हुन नसक्नु र नागरिक तथा

  • पोखरेलको आह्वान : ‘कांग्रेससँग फेरि मिलेर लोकतन्त्रको रक्षा गरौँ, देशको मुहार फेरौँ’

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग सहकार्य गरेर लोकतन्त्रको रक्षा गर्दै मुलुकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend