Logo

Oct 05 2026 | २०८३, असोज १९गते

लोकप्रिय

लोकप्रिय

पोखरेलको आह्वान : ‘कांग्रेससँग फेरि मिलेर लोकतन्त्रको रक्षा गरौँ, देशको मुहार फेरौँ’


१८, असोज २०८३
  • 59
    SHARES
  • पोखरेलको आह्वान : ‘कांग्रेससँग फेरि मिलेर लोकतन्त्रको रक्षा गरौँ, देशको मुहार फेरौँ’

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग सहकार्य गरेर लोकतन्त्रको रक्षा गर्दै मुलुकको मुहार परिवर्तन गर्ने समय आएको बताएका छन्।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाको आन्दोलनदेखि नै आफूहरूसँग सहकार्य गर्दै आएको स्मरण गरे। त्रिचन्द्र क्याम्पसमा भएको आन्दोलनदेखि आफूहरू सँगै उभिएको उल्लेख गर्दै उनले थापा कांग्रेसको नेतृत्वमा आउनुलाई सकारात्मक घटनाका रूपमा व्याख्या गरे।

    ‘गगनकुमार थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै थियौँ। त्रिचन्द्र क्याम्पसको सभाबाट हामी सँगै उभिएका थियौँ। अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ। यो एकदमै सकारात्मक कुरा हो,’ पोखरेलले भने।

    राणा शासन, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनविरुद्ध कांग्रेससँग मिलेर आन्दोलन गरेको स्मरण गर्दै उनले आगामी दिनमा पनि लोकतन्त्रको रक्षाका लागि सहकार्य आवश्यक रहेको बताए।

    ‘अब फेरि पनि मिलेर लोकतन्त्र र यो देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ,’ उनले भने, ‘अब फेरि पनि कांग्रेससँगको सहकार्यमा लोकतन्त्रको रक्षाका लागि लड्नेछौँ।’

    पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरूसँग पर्याप्त छलफल र सहकार्य नगरी अघि बढिरहेको आरोप लगाए। प्रधानमन्त्रीले संसद् र जनताका आवाजसमेत नसुन्ने अवस्था देखिएको भन्दै उनले वर्तमान शासनशैलीप्रति प्रश्न उठाए।

    कांग्रेसले आगामी दिनमा लोकतन्त्र र जनतासँग जोडिएका विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वाससमेत उनले व्यक्त गरे।

    युवाहरूमा निराशा बढ्न नदिन सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिँदै पोखरेलले युवाका सपना पूरा गर्ने जिम्मेवारीमा सहकार्य आवश्यक रहेको बताए।

    उनले कांग्रेसको १५औँ महाधिवेशनले नेपाली जनता र जनभावनासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै नयाँ राजनीतिक एजेन्डा अघि सार्ने विश्वास व्यक्त गरे। सूचना प्रविधिको विकासमा कांग्रेस र एमालेले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

  • प्रचण्डको सन्देश : गगन थापाले देशको नेतृत्व गर्ने समय आयो

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति

  • यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि बढ्छौँ : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनसँगै कांग्रेस नयाँ राजनीतिक यात्रामा प्रवेश गरेको

  • भट्टराईको कठोर टिप्पणी : ‘जनताको असन्तोषलाई विदेशी षड्यन्त्र भन्दै पन्छाउन मिल्दैन’

    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा आर्थिक समृद्धि हासिल हुन नसक्नु र नागरिक तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend