Logo

Oct 05 2026 | २०८३, असोज १९गते

लोकप्रिय

लोकप्रिय

भट्टराईको कठोर टिप्पणी : ‘जनताको असन्तोषलाई विदेशी षड्यन्त्र भन्दै पन्छाउन मिल्दैन’


१८, असोज २०८३
  • 48
    SHARES
  • भट्टराईको कठोर टिप्पणी : ‘जनताको असन्तोषलाई विदेशी षड्यन्त्र भन्दै पन्छाउन मिल्दैन’

    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा आर्थिक समृद्धि हासिल हुन नसक्नु र नागरिक तथा युवा पुस्तामा बढ्दो असन्तुष्टिको मुख्य कारण राजनीतिक दलहरूको असफलता रहेको बताएका छन्।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई खुलामञ्चमा सम्बोधन गर्दै भट्टराईले जनतामा बढ्दै गएको आक्रोशलाई विदेशी षड्यन्त्रको संज्ञा दिएर पन्छाउने प्रवृत्तिको आलोचना गरे। उनले राजनीतिक नेतृत्वले आफ्ना कमजोरी र असफलताको जिम्मेवारी लिनुपर्ने बताए।

    ‘नागरिकको असन्तोषलाई विदेशी षड्यन्त्रको पगरी गुथाएर पन्छाउन मिल्दैन। राजनीतिक नेतृत्वले आफ्नै असफलता र कमजोरीको जिम्मेवारी लिनुपर्छ,’ उनले भने।

    राजनीतिक दलहरू आर्थिक रूपान्तरणको स्पष्ट योजनाभन्दा सरकार बनाउने र ढाल्ने खेलमा अल्झिँदा जनतामा निराशा बढेको भट्टराईको भनाइ थियो। उनले अरूलाई दोष दिने पुरानो शैली त्यागेर दलहरूले अब गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए।

    आफ्नै जीवनकालमा दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया र चीनले हासिल गरेको तीव्र आर्थिक विकासको उदाहरण दिँदै भट्टराईले नेपालले पनि दीर्घकालीन राष्ट्रिय योजनामार्फत समृद्धिको बाटो तय गर्नुपर्ने बताए।

    ‘हामी सरकार बनाउने र गिराउने खेलमै अल्झियौँ, आर्थिक समृद्धिको दिशामा अपेक्षित रूपमा अघि बढ्न सकेनौँ,’ उनले भने, ‘त्यसैले जनतामा असन्तुष्टि बढ्यो र नयाँ पुस्ताले विद्रोहको आवाज उठायो। यसका लागि अरूलाई मात्र दोष दिने होइन, हामीले आफ्नै कमजोरी स्वीकार गर्नुपर्छ।’

    नेपाललाई राजनीतिक दुष्चक्रबाट बाहिर निकाल्न उनले आगामी १० देखि २० वर्षभित्र मुलुकलाई समृद्ध बनाउने स्पष्ट राष्ट्रिय योजना निर्माण गरी सबै राजनीतिक दलबीच सहमति कायम गर्नुपर्ने प्रस्ताव अघि सारे।

    उनका अनुसार अब दलहरूबीच सरकार बनाउने–ढाल्ने विषयमा होइन, राष्ट्रिय योजनालाई कसले प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्छ भन्ने विषयमा प्रतिस्पर्धा हुनुपर्छ।

    भट्टराईले पुरानो पुस्ताका नेताहरूले नयाँ पुस्तामाथि विश्वास गर्ने बेला आएको बताए। नयाँ पुस्ताले देखाएको साहस र अग्रसरताको प्रशंसा गर्दै उनले राजनीतिक नेतृत्वले पुस्तान्तरणलाई स्वीकार गर्नुपर्ने धारणा राखे।

    नेपाली कांग्रेसतर्फ संकेत गर्दै उनले भने, ‘कांग्रेसभित्र पनि अब सार्थक पुस्तान्तरण र वैचारिक स्पष्टता अत्यावश्यक भइसकेको छ।’

    सत्ताको दुष्चक्रबाट पाठ सिक्दै सम्पूर्ण राजनीतिक शक्तिहरूलाई राष्ट्रनिर्माणको साझा एजेन्डामा केन्द्रित हुन आह्वान गर्दै भट्टराईले आर्थिक समृद्धि र युवाको भविष्य सुनिश्चित गर्ने दीर्घकालीन राष्ट्रिय सहमति आवश्यक रहेको बताए।

     
     
     

  • प्रचण्डको सन्देश : गगन थापाले देशको नेतृत्व गर्ने समय आयो

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति

  • यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि बढ्छौँ : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनसँगै कांग्रेस नयाँ राजनीतिक यात्रामा प्रवेश गरेको

  • पोखरेलको आह्वान : ‘कांग्रेससँग फेरि मिलेर लोकतन्त्रको रक्षा गरौँ, देशको मुहार फेरौँ’

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग सहकार्य गरेर लोकतन्त्रको रक्षा गर्दै मुलुकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend