Logo

Oct 05 2026 | २०८३, असोज १९गते

लोकप्रिय

लोकप्रिय

भट्टराईको प्रस्ताव : २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने साझा योजना बनाऔँ


१८, असोज २०८३
  • 42
    SHARES
  • भट्टराईको प्रस्ताव : २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने साझा योजना बनाऔँ

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाललाई आगामी २० वर्षभित्र विकसित देशको स्तरमा पुर्‍याउने लक्ष्यसहित राजनीतिक दलहरूबीच साझा विकास योजनाका लागि प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले देश विकासका लागि स्पष्ट, दीर्घकालीन र साझा योजना आवश्यक रहेको बताए। उनले विकासको योजना बनाएर त्यसको कार्यान्वयनमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा गराउनुपर्ने धारणा राखे।

    मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो समयमै उल्लेख्य आर्थिक तथा सामाजिक प्रगति गरेको उदाहरण प्रस्तुत गर्दै उनले नेपालले पनि आफ्नै विकासको स्पष्ट मार्गचित्र बनाउनुपर्ने बताए।

    उनले भने, ‘हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?’

    भट्टराईले साझा विकास योजना बनाएर त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताए। उनका अनुसार दीर्घकालीन लक्ष्य र कार्यान्वयनको स्पष्ट आधार तय गर्न सके मात्रै मुलुकले विकासको गति लिन सक्छ।

    राजनीतिक स्थिरताका लागि नयाँ पुस्तामाथि विश्वास गर्नुपर्नेमा पनि उनले जोड दिए। ‘अब पाठ सिकौँ। अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ,’ भट्टराईले भने।

  • प्रचण्डको सन्देश : गगन थापाले देशको नेतृत्व गर्ने समय आयो

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति

  • यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि बढ्छौँ : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनसँगै कांग्रेस नयाँ राजनीतिक यात्रामा प्रवेश गरेको

  • भट्टराईको कठोर टिप्पणी : ‘जनताको असन्तोषलाई विदेशी षड्यन्त्र भन्दै पन्छाउन मिल्दैन’

    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा आर्थिक समृद्धि हासिल हुन नसक्नु र नागरिक तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend